नेपाली साहित्य र वाङमयको क्षेत्रमा तीसको दशक देखि कथा, कविता, नाटक, उपन्यास, मुक्तक, गीत—गजल लेखन कार्यमा निरन्तर साधनारत् रही जीवन समर्पित गर्नुका साथै राष्ट्रको कला, साहित्य र वाङमयिक उन्नयनको उत्थान र समृद्धिमा बिशिष्ट योगदान गरी ‘नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान’ को कुलपति जस्तो गरिमामय ओहदामा आसिन भईसक्नु भएका सुप्रशिद्ध साहित्यकार सरुभक्त श्रेष्ठ (वास्तबिक नाम : भक्तराज श्रेष्ठ) को सिर्जना यात्रा, उहाँको जीवन, चरित्र एवम् उहाँको योगदानको उच्च सम्मान गर्दै बिबिध वाङ्मयिक एवं सामाजिक कार्य गर्ने अभिप्रायले ‘सरुभक्त केन्द्र’ को स्थापना गरिएको छ ।
नेपाली वाङमयको क्षेत्रमा उहाँको सृजना यात्रा र त्यसले प्राप्त गरेको सफलता नै उहाँको परिचयको द्योतक हो । यसबाहेक साहित्य लेखनमा उहाँको तपस्या, निष्ठा, इमानदारिता संगसंगै उहाँको ब्यक्तिगत जीवनशैली र चरित्र पनि नेपाली वाङमयको क्षेत्रमा स्तुत्य रहन गएको छ । उहाँ एक सन्त लेखक, दार्शनिक चिन्तक र सरल ब्यबहारका धनी ब्यक्तित्व हुनुहुन्छ ।
कथा, कबिता, उपन्यास, नाटक, गीत, गजल, मुक्तकका दर्जनौं पुस्तक लेखिसक्दा पनि उहाँको लेखन यात्रा थामिएको छैन । उहाँबाट नेपाल राष्ट्र र नेपाली पाठकहरुले अझ उत्कृष्ट सृजनाको अपेक्षा गर्नु अस्वाभाविक पक्कै छैन । यतिमात्र नभै साहित्यकार सरुभक्तको सृजना यात्रा हिजो जति उर्वर थियो त्यति नै आज पनि उर्वर रहेको छ । भविष्यमा पनि हामी यही अपेक्षा गर्न सक्दछौं ।
यसै परिप्रेक्ष्यमा, साहित्यकार सरुभक्तको सृजना यात्रामा कुनै बाधा अड्चन नहोस् , सृजना यात्रा निरन्तर अघि बढोस् , उहाँको उत्साह र उमंगमा कुनै कमी नहोस् बरु सक्दो सहयोग र हातेमालो गर्न सकौं भन्ने अभिप्रायका साथ ‘सरुभक्त केन्द्र’ कृयाशील रहँदै आएको छ । साहित्यकार सरुभक्तको सृजना यात्रालाई अघि बढाउने क्रममा होस् वा यस केन्द्रको पवित्र उद्धेश्य परिपूर्ति गर्ने क्रममा किन नहोस् बिगत देखि वर्तमान सम्म धेरै ब्यक्ति—ब्यक्तित्व, सरोकार वाला निकायहरु, प्रकाशन गृह, संचारकर्मी बन्धुहरु, परिवारजन, इष्टमित्र र सुभेच्छुकहरुको साथ र सहयोग पाउँदै आएको कुरा स्मरण गर्नु वान्छनिय ठान्दछौं र सधन्यवाद सहित आभार ब्यक्त गर्दछौं ।
बिगतका दिनमा यहाँहरुबाट प्राप्त बैचारिक, भौतिक, आर्थिक, नैतिक र अन्य बिभिन्न खालका सहयोग र सद्भाव ज्यादै स्तुत्य छ । हामी यहाँहरुका प्रति नमन गर्दै भविष्यमा पनि थप सहयोग र सद्भावको अपेक्षा गर्दै यस पुनित कार्यमा एकाकार भैदिनुहुन हार्दिक अपिल पनि गर्दछौं ।
आगत दिनमा यहाँहरुबाट प्राप्त हुने बैचारिक, भौतिक, आर्थिक, नैतिक र अन्य योगदान एवं सद्भावले स्रष्टा सरुभक्त मात्र नभै नेपाली वाङमयको क्षेत्र नै धन्य हुने कुरामा हामी पूर्ण आशावादी छौं । धन्यवाद ।