Sarubhakta CEnTRE

सूचना : नेपाली वाङमयका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले स्थापना गर्नुभएको ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार' प्रत्येक वर्ष नगद रु. ५०,०००/— (पचास हजार) तथा सम्मान पत्र सहित अन्तर्राष्ट्रीय बाल दिवसको सन्दर्भ पारेर बितरण गरिने भएकोले देश भर छरिएर रहेका १६ वर्ष मुनीका बाल प्रतिभाहरुले आ—आफ्नो प्रतिभा प्रमाणित हुने गरी ‘सरुभक्त केन्द्र’ को ठेगानामा आवेदन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । ठेगाना : गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सचिवालय, सरुभक्त केन्द्र— बागबजार, पोखरा—१, फोन : ०६१—५७१८५५/०६१५५३८३१ इमेल : info@sarubhakta.org .

गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार—२०७८

 

      नेपाली साहित्य लेखनका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले आफ्ना पूजनीय पिता गणेश बहादुर श्रेष्ठ र माता लक्ष्मी माया श्रेष्ठको स्मृतिमा यस ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार—२०७८’  स्थापना गर्नु भएको ब्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं ।
     यस पुरस्कारको प्रारम्भिक अक्षय कोश ने.रु. १०,०००,०० /— (दशलाख) रहने छ ।
     यस पुरस्कार बितरण सहितको सम्पूर्ण ब्यबस्थापकिय जिम्मेवारी साहित्यकार सरुभक्तको लेखन, पुस्तक प्रकाशन, पुस्तक ब्यबस्थापन, अभिलेखिकरण लगायत अन्य आवश्यक कृयाकलाप गर्न गठित ‘सरुभक्त केन्द्र’ नामक संस्था (परिमार्जित नाम—सरुभक्त सरोकार केन्द्र नेपाल) मातहत रहने छ ।
    १६ वर्ष मुनीका नेपाली बाल बालिकाहरु, जस्ले आफ्नो अदम्य प्रतिभा देखाई मुलुकको इज्जत, प्रतिष्ठा र गरिमा कायम गर्न सफल भएको छ , त्यस्ता प्रतिभालाई हरेक वर्ष यस पुरस्कारको नगद राशी रु. ५०,०००/—(पचास हजार) सहित सम्मान—पत्रद्धारा बिभूषित गरिने छ । 
    यो पुरस्कार मूलतः साहित्य, कला, संगीत, खेलकुद, पर्वतारोहण, ज्ञान—बिज्ञान, नृत्य, साहसिक कृयाकलाप वा अन्य कुनैपनि क्षेत्रमा उल्लेख्य काम गरेर किर्ती स्थापना गर्न सफल प्रतिभालाई प्रदान गरिने छ ।
   यो पुरस्कार बितरणका लागि तिन सदस्यीय प्रतिभा चयन समिति रहेको छ ।
   श्री सरस्वती प्रतिक्षा— संयोजक
   श्री उपेन्द्र पौडेल — सदस्य

   डा. चैतन्य अधिकारी— सदस्य
   यो पुरस्कार हरेक वर्ष अन्र्तराष्ट्रिय बाल दिवसको दिन वा सो सन्दर्भ पारेर बितरण गरिने छ ।
   यो पुरस्कारका लागि देशका कुनाकाप्चामा छरिएर रहेका वा बिदेशमा रहेका नेपाली योग्य प्रतिभाहरुले आफ्नो परिचय सहित, आफू योग्य भएको वा प्रतिभा देखाएको कामको प्रमाण सहित पुरस्कार समितिको आधिकारिक ठेगानामा सम्पर्क गर्नु पर्नेछ ।
   ठेगानाः 
   गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार समिति
   बागबजार, पोखरा– १ , घर नं. ४६
   फोन नम्बरः ०६१–७१८५५/०६१-५५१८३१
   इमेलः info@sarubhakta.org
   वेभसाइटः www.sarubhakta.org

 

    पुरस्कार स्थापनाको पृष्ठभूमिः

    नेपाली वाङमयको क्षेत्रमा निरन्तर कृयाशील रही बिभिन्न बिधामा कलम चलाउँनु भएका चर्चित साहित्यकार श्री सरुभक्त श्रेष्ठले बिभिन्न कालखण्डमा अनेकौं सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको कुरा सर्बबिदित नै छ । यसै पेरिप्रेक्ष्यमा बिक्रमाब्द २०५६ सालमा उहाँले पोखराको चिरपरिचित बिद्यालय ‘कुमुदिनी होम्स माध्यमिक बिद्यालय’ गैह्रापाटन, पोखरा—४ बाट ‘कुमुदिनी साहित्य पुरस्कार’ प्राप्त गर्नुभएको थियो । पुरस्कार ग्रहण गर्ने क्रममा उहाँले आफूलाई प्राप्त भएको पुरस्कार राशी रु. २०, ०००/— (बिस हजार) मा आफ्नो तर्फबाट रु. ३०,०००/—( तिस हजार) थप गरी रु. ५०,०००/—(पचास हजार) राशी सहित ‘राष्ट्रिय बाल प्रतिभा पुरस्कार’ स्थापना गर्नु भएको थियो । 
    यस पुनित कार्यलाई थप गरिमामय बनाउन बिद्यालयका तात्कालिक प्राचार्य श्री योगेन्द्र शर्मा ज्यूले बिद्यालय परिवारको तर्फबाट रु. ५०,०००/—(पचास हजार) थप गर्ने घोषणा गर्नुभई पुरस्कारको कोश रु. १,००,०००/—(एक लाख) भएको घोषणा गर्नुभएको थियो । 
यसरी कोश स्थापना भएपछि साहित्यकार सरुभक्तले आफ्नो असिम चाहना ब्यक्त गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रतिभा देखाउन सफल भएका १६ वर्ष मुनीका बाल बालिकाहरुलाई उनीहरुको प्रतिभाको कदर र सम्मान गरी थप प्रोत्साहित गर्ने उद्धेश्य अनुरुप प्रत्येक वर्ष रु. १५, ०००/— (पन्ध्र हजार) तथा सम्मान पत्रले बिभूषित गर्ने गरी ‘राष्ट्रिय बाल प्रतिभा पुरस्कार—२०५६’ को स्थापना एवम् घोषणा गर्नुभएको थियो । 
    पुरस्कार स्थापना संगसंगै साहित्यकार सरुभक्तले यस ‘राष्ट्रिय बाल प्रतिभा पुरस्कार—२०५६’ को पुरस्कार बितरण र त्यसको ब्यबस्थापनको सम्पूर्ण जिम्मेवारी आफूलाई सम्मान गर्ने शैक्षिक संस्था कुमुदिनी होम्स बिद्यालय परिवारलाई नै सुम्पनु भएको थियो । बिद्यालय परिवार र संस्थापक श्री सरुभक्त श्रेष्ठ बीचको छलफल र सहमती अनुरुप  एक स्वतन्त्र ‘राष्ट्रिय बाल प्रतिभा पुरस्कार समिति’ गठन गरिएको थियो । जस्मा निम्नानुसारका पदाधिकारीहरु रहेका थिए ।
    श्री जर्ज जोन — अध्यक्ष
    श्री योगेन्द्र शर्मा — सदस्य—सचिव 
    श्री दुर्गा बराल— सदस्य
    श्री तीर्थ श्रेष्ठ — सदस्य
    श्री हरिदेवी कोईराला — सदस्य
    श्री बिकल शेरचन — सदस्य
    श्री महेन्द्र श्रेष्ठ — सदस्य 
    
    पुरस्कार बितरण र ब्यबस्थापनको सम्पूर्ण जिम्मेवारी पाए पछिको केही वर्ष बिद्यालय परिवारले यसलाई निकै सुब्यवस्थित ढंगले पुरस्कार बितरण गर्न सफल भएको अवस्था थियो । तर त्यसको केही वर्षपछि बिद्यालयमा देखापरेको आन्तरिक समस्या र त्यसको प्रभावका कारण पुरस्कार बितरण कार्यक्रम केही वर्ष स्थगित हुन पुग्यो । 

 

राष्ट्रिय बाल प्रतिभा पुरस्कार पाउन सफल प्रतिभाहरु :
    १. श्री तेम्बाछिरी शेर्पा— सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने १६ वर्ष मुनीका बिश्व कै प्रथम युवा (२०५७)
    २. श्री ज्योती थापा— नृत्य क्षेत्र (२०५८)
    ३. श्री ऋतु लामा— गायन क्षेत्र (२०६०)
    ४. श्री शिखा कटुवाल— कला क्षेत्र (२०६१)
    ५. श्री करुणा गुरुङ— कला क्षेत्र (२०६२)
    ६. श्री सिपोरा गुरुङ— खेलकुद क्षेत्र (२०६४)
    ७. श्री कुशल के.सी.— बिज्ञान तथा प्रविधि क्षेत्र (२०६५)
    ८. श्री निमा छ्याङदी शेर्पा — सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने १६ वर्ष मुनीका बिश्व कै प्रथम महिला (२०६९)

     केही वर्ष स्थगित रहेको अवस्थामा बिद्यालयको आन्तरिक समस्या समाधान भएपछि बिद्यालयको नयाँ संचालकहरुको सकृयतामा पुरस्कार समितिमा निम्नानुसार हेरफेर गरी पुनः पुरस्कार बितरणलाई निरन्तरता दिईएको थियो । 
    श्री जर्ज जोन — अध्यक्ष
    श्री अशोक पालिखे— सदस्य—सचिव 
    श्री दुर्गा बराल— सदस्य
    श्री तीर्थ श्रेष्ठ — सदस्य
    श्री हरिदेवी कोईराला — सदस्य
    श्री आनन्द श्रेष्ठ — सदस्य
    श्री महेन्द्र श्रेष्ठ — सदस्य 
        
     परिमार्जित समितिको राय—सल्लाह र निर्देशन अनुरुप पुरस्कार बितरण र ब्यबस्थापन गर्ने जिम्मेवारीलाई कुमुदिनी होम्स बिद्यालय परिवारले उल्लेख्य रुपमा निर्वाह गरेका थिए । तथापी बिक्रमाब्द २०६९ साल देखि बिबिध कारणले पुरस्कार बितरण कार्यक्रम अगाडी बढ्न सकेन ।  
     यसरी लामो समयसम्म पुरस्कार बितरण हुन नसकेको अवस्थामा आन्तरिक रुपले छलफल गरी कुमुदिनी होम्स बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सम्पूर्ण स्वामित्व पुरस्कारका संस्थापक सरुभक्त श्रेष्ठलाई सुम्पनु भएको थियो ।
     पुरस्कार स्थापना गरेको धनराशी सहित पुरस्कार बितरण गर्ने सम्पूर्ण स्वामित्व आफूमा आएपछि साहित्यकार सरुभक्तले यस पुरस्कारको नाम, अक्षयकोशको धनराशी, प्रतिभाले प्राप्तगर्ने नगद पुरस्कार राशी र पुरस्कार बितरण एवम् ब्यवस्थापनको जिम्मेवारीलाई परिमार्जन गर्नुभएको हो । जसअनुरुप उहाँले अक्षयको लागि आफ्नो तर्फबाट रु. ४,००,०००/—(चार लाख) सहित तत्काललाई रु. १०,००००/— (दशलाख) को अक्षयकोश स्थापना गर्नुभई पुरस्कारको नाम ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार—२०७८’  नामाकरण गर्नुभएको कुरा जानकारी गराउँदछौं ।