Sarubhakta Kendra

                                                 (Under Constructions)

 

 

सूचना : नेपाली वाङमयका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले स्थापना गर्नुभएको ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार' प्रत्येक वर्ष नगद रु. ५०,०००/— (पचास हजार) तथा सम्मान पत्र सहित अन्तर्राष्ट्रीय बाल दिवसको सन्दर्भ पारेर बितरण गरिने भएकोले देश भर छरिएर रहेका १६ वर्ष मुनीका बाल प्रतिभाहरुले आ—आफ्नो प्रतिभा प्रमाणित हुने गरी ‘सरुभक्त केन्द्र’ को ठेगानामा आवेदन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । ठेगाना : गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सचिवालय, सरुभक्त केन्द्र— बागबजार, पोखरा—१, फोन : ०६१—५७१८५५/०६१५५३८३१ इमेल : info@sarubhakta.org .

(क) प्राज्ञ सरुभक्त श्रेष्ठ ज्यूको संक्षिप्त व्यक्तित्व परिचय :

       प्राज्ञ सरुभक्तको जन्म वि.सं. २०१२ साल, हरितालिका तीजका दिन पोखरा उप–महानगरपालिकाको बागबजारमा भएको हो । पिता श्री गणेश बहादुर तथा माता श्रीमति लक्ष्मी देवी श्रेष्ठज्यू का पाँच भाई छोराहरु मध्ये उहाँ जेष्ठ सुपुत्र हुनुहुन्छ । 
उहाँको प्रारम्भिक शिक्षा—दिक्षा घरकै वातावरणमा भएको थियो भने औपचारिक शिक्षा गण्डकी बोर्डिङ्ग स्कुल (पुरानो नाम : गण्डकी आदर्श आवासिय बिद्यालय ) बाट प्रारम्भ भएको थियो । स्कुल अध्ययन गर्दा उहाँ हरेक वर्ष आफ्नो कक्षामा प्रथम स्थानमा रहनु भएको थियो । उहाँले एस. एल.सी. परिक्षा तात्कालिन राष्ट्रिय बहुमुखी बिद्यालय पुरानो टुँडिखेल ( हाल : राष्ट्रिय मा. बि. ) बाट दोश्रो श्रेणीमा उत्तिर्ण गर्नु भएको थियो । 


     एस. एल. सी. पछि उहाँको उच्च शिक्षा काठमाण्डौको अमृत साइन्स कलेजबाट प्रारम्भ भएको थियो । आई. एस्सी उत्तिर्ण गरे पछि उहाँको शिक्षा पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसमा भएको थियो । स्नातक पछि उहाँ पुन : अध्ययनको क्रममा किर्तिपुर स्थित त्रिभूवन विश्वबिद्यालय तर्फ लाग्नु भएको थियो । जहाँ सरुभक्तले अर्थशास्त्र, मानवशास्त्र र अंग्रेजी बिषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको थियो । 


     बास्तविक नाम भक्त श्रेष्ठ भनेर चिनिने उहाँको साहित्यिक नाम सरुभक्त हो । उहाँको औपचारिक साहित्यिक यात्रा २०३४ सालबाट प्रारम्भ भएको हो । करिब साढे चार दशक लामो साहित्यिक यात्रामा उहाँले कविता/गीत/मुक्तक/एकाङ्की, पूर्णाङ्की नाटक/विज्ञान उपन्यास/विज्ञान कथा/बाल साहित्य/उपन्यास आदि विधामा सशक्तरुपले कलम चलाउँदै आउनु भएको छ । उहाँले नाटक, कविता लेखनमा नेपालको सर्बोत्कृष्ट पुरस्कारहरु पाउनु भएको छ । रङ्गमञ्च तर्फ लेखन, अभिनय र निर्देशनमा  उत्कृष्टता हाँसिल गरी विभिन्न पुरस्कार र सम्मान पाउनु भएको छ ।


     वि.सं. २०४८ सालमा 'पागलबस्ती' उपन्यासका लागि मदन पुरस्कार  प्राप्त साहित्यकार सरुभक्तले  देश विदेशका दर्जनौं पुरस्कार/सम्मान/अभिनन्दन ग्रहण गरीसक्नु भएको छ । हङ्गकङ्ग पोखरा, चाइना कम्पनी जस्ता लोकप्रिय गीतका सर्जक साहित्यकार सरुभक्त पहिलो चोटी वि.सं.२०६१ सालमा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यको रुपमा मनोनित हुनु भएको थियो भने बिक्रमाब्द २०७२—७५ सम्मका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सर्वोच्च ओहदा कुलपतिमा आसिन हुनुहुन्थ्यो । 
     उहाँ राष्ट्रिय बाल प्रतिभा पुरस्कार (२०५६—७७ ) हालको गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारका संस्थापक हुनुहुन्छ भने संरक्षण कविता आन्दोलनका संयोजक समेत हुनुहुन्छ ।

    
     उहाँका, कविता/गीत/मुक्तक/एकाङ्की, पूर्णाङ्की नाटक/विज्ञान उपन्यास/विज्ञान कथा/बाल साहित्य/उपन्यास आदि विधाका करिव ४५ वटा पुस्तकहरु प्रकाशित छन् भने करिव तिन दर्जन जति पुस्तकहरु प्रकाशन हुन बाँकि छन् ।


(ख) सरुभक्तले प्राप्त गरेका सम्मान, पुरस्कार तथा अभिनन्दनहरु

      - राष्ट्रिय कविता महोत्सव, प्रथम पुरस्कार ने.रा.प्र.प्र.–२०४२- तृतीय पुरस्कार–२०३५

      - अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष, सर्वोत्तम नाटक पुरस्कार (२०३८)
      - त्रि.वि. साहित्य प्रतियोगिता, प्रथम (२०३९)
      - बुशाक स्वर्ण पदक, नेपाल जेसिज (२०३९)
      - राष्ट्रिय युवा महोत्सव, सर्बोत्तम नाटक पुरस्कार (२०४१)
      - राष्ट्रिय नाटक महोत्सव, ने.रा.प्र.प्र.सर्वश्रेष्ठ नाटककार (२०४२)
      - युवा बर्ष मोती पुरस्कार (२०४३)
     -  मदन पुरस्कार (२०४८)

 

      यसबाहेक उहाँले देश विदेशका करिब ६ दर्जन जति सम्मान, अभिनन्दन तथा पुरस्कारहरु ग्रहण गरिसक्नु भएको छ ।


(ग) सरुभक्तद्धारा सम्पादित कृतिहरु :

      १) सारस्वत (पोखरेली प्रतिनिधि कविता संग्रह)
      २) सिद्धिचरणका जेल संस्मरण (२०५२)
      ३) संरक्षण  कविता यात्रा (२०५३)
      ४) सारस्वत (नेपाली वाङ्मयिक त्रैमासिक पत्रिका, सहसम्पादन)


(घ) उहाँमाथि भएका शोध एवम् विद्यावारिधिहरु:

       १) साहित्यकार सरुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (लक्ष्मीशरण अधिकारी)
       २) कथाकार सरुभक्त र उनका कथाका अध्ययन (विजयाकुमारी आर्चाय)
       ३) सरुभक्तको ‘पागल बस्ती’ उपन्यास : एक अध्ययन (रामुप्रसाद सुबेदी)
       ४) सरुभक्तको नाट्यकारिताको अध्ययन (स्वस्ती गुरुङ)
       ५) सरुभक्तको चुली उपन्यास ः एक अध्ययन (राजकुमार श्रेष्ठ)
       ६) सरुभक्तको समय त्रासदी उपन्यासको अध्ययन (इन्दिरा पन्त)
       ७) सरुभक्तको काव्यकारिताको अध्ययन (शालिकराम अधिकारी)
       ८) सरुभक्तहरु (काव्यकार,रोशन शेरचन)
       ९) सरुभक्तका उपन्यासहरुको प्रवृत्तिगत विश्लेषण, (विद्यावारिधि शोध,     डा.लक्ष्मीशरण अधिकारी)
       १०) वैचारिक चिन्तनका दृष्टिले ‘चुली’ उपन्यासको अध्ययन, (लक्ष्मी आचार्य)


(ङ) उहाँ संलग्न संघ–संस्थाहरु :

       १. संस्थापक, पोखरेली युवा साँस्कृतिक परिवार (२०३४)
       २. संस्थापक, युवा नाटक परिवार, पोखरा (२०३५)
       ३. संस्थापक सल्लाहकार, प्रतिबिम्ब नाट्य परिवार
       ४. संयोजक, संरक्षण कविता आन्दोलन (२०५५)
       ५. अध्यक्ष, विज्ञान साहित्य समाज 
       ६. संस्थापक, राष्ट्रिय बाल–प्रतिभा पुरस्कार, पोखरा (२०५६)
       ७. पूर्व अध्यक्ष, पोखरा सार्वजनिक पुस्तकालय
       ८. संयोजक, आत्मालोचना गोष्ठी
       ९. सदस्य, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (२०६०—६२)
       १०. कुलपति, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान (२०७१—७५)

       ११. संस्थापक— गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार (२०७८)

 

 च) प्राप्त पुरस्कार/पदक/सम्मान :

       १. राष्ट्रिय कविता महोत्सव, प्रथम पुरस्कार ने.रा.प्र.प्र.–२०४२ तथा तृतीय पुरस्कार–२०३५
       २. अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष, सर्वोत्तम नाटक पुरस्कार (२०३८)
       ३. त्रि.वि. साहित्य प्रतियोगिता, प्रथम (२०३९)
       ४. बुशाक स्वर्ण पदक, नेपाल जेसिज (२०३९)
       ५. राष्ट्रिय युवा महोत्सव, सर्बोत्तम नाटक पुरस्कार (२०४१)
       ६. जी.ए.ए. प्रतियोगिता, सर्वोत्तम नाटक पुरस्कार (२०४१)
       ७. राष्ट्रिय नाटक महोत्सव, ने.रा.प्र.प्र.सर्वश्रेष्ठ नाटककार (२०४२)
       ८. युवा बर्ष मोती पुरस्कार (२०४३)
       ९. गाईजात्रा हाँस्यव्यङ्गय महोत्सव, ने.रा.प्र.प्र. सर्वोत्तम ब्यङ्गय मुक्तककार (२०४३)
       १०. आरोहण सम्मान (२०४७)
       ११. मदन पुरस्कार (२०४८)
       १२. कस्केली प्र्रजातान्त्रिक सम्मान (२०४९)
       १३. लोकेन्द्र साहित्य पुरस्कार (२०५१)
       १४. रत्नश्री पदक (२०५२)
       १५. शिरोमणि पुरस्कार (२०५४) (अस्वीकार गरिएको)
       १६. नेपाल बाल साहित्य समाज पुरस्कार (२०५४)
       १७. महाशिवरात्री संगीत महोत्सव सम्मान (२०५५)
       १८. कुमुदिनी कला–साहित्य पुरस्कार (२०५६)
       १९. गोपीनाथ आर्याल रङ्गमञ्च पुरस्कार (२०५६)
       २०. गणेश–खीलकुमारी दुवाल प्रतिभा पुरस्कार (२०५६)
       २१. राष्ट्रिय नाटक महोत्सव(२०३६) (सर्वश्रेष्ठ निर्देशक, अभिनयमा प्रशंसा पुरस्कार -अस्वीकार गरिएको)
       २२. गङ्की–बसुन्धरा पुरस्कार (उपन्यास,२०५७)
       २३. नमस्ते सांगीतिक सम्मान (२०५७)
       २४. थकाली सेवा समिति(केन्द्रीय) सम्मान (२०५७)
       २५. म्युजिक नेपाल सम्मान (२०५८)
       २६. तन्नेरी प्रतिभा सम्मान (२०५८)
       २७. वीरेन्द्र–ऐश्वर्य पदक (२०५८)
       २८. पृथ्वीनारायण क्याम्पस, स्व.वि.यू. सम्मान (२०५९)
       २९. उपन्यास शतवार्षिकी सम्मान (गंकी बसुन्धरा प्रतिष्ठान-२०६०)
       ३०. शुक्ला साहित्य पुरस्कार (२०६१)
       ३१. साहित्य कुञ्ज सम्मान, नेपाली केन्द्रीय विभाग,कीर्तिपुर (२०६२)
       ३२. अमेरिका–नेपाल सोसाइटी सम्मान, वाशिङ्टन डि.सि. (२०६२)
       ३३. अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मान, डि.सि. मेट्रो च्याप्टर, वाशिङ्टन डि.सि.(२०६२)
       ३४. न्युयोर्क कलामञ्च सम्मान, न्युयोर्क (२०६२)
       ३५. धादिङ्ग साहित्य समाज सम्मान (२०६२)
       ३६. हिमाली साँस्कृतिक परिवार सम्मान (२०६६)
       ३७. कास्की नेवा खलः सम्मान (२०६६)
       ३८. पोखरेली युवा साँस्कृतिक परिवार सम्मान (२०६६)
       ३९ पृथ्वीनारायण क्याम्पस स्वर्ण जयन्ती सम्मान (२०६७)
       ४०. हमदर्द सम्मान (२०६७) 
       ४१. कास्की आदर्श सेवा समाज सम्मान – कतार (२०६९)
       ४२. स्याङजा साहित्य समाज सम्मान – कतार (२०६९)
       ४३. आरम्भ नाट्य डवली सम्मान – कतार (२०६९)
       ४४. सन्ध्या ग्रुप अलखोर सम्मान – कतार (२०६९)

      ४५) नेपाल प्रवासी आदिवासी जनजाती महासंघ सम्मान – दोहा, कतार (२०६९)

       ४६. अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज सम्मान – दोहा कतार (२०६९)
       ४७. नवोदित मोवाइल पुस्तकालय सम्मान – दोहा कतार (२०६९)
       ४८. अन्तर्राष्ट्रिय गैर आवासीप नेपाली संघ, सम्मान – दोहा कतार (२०६९)

       ४९. अन्तर्राष्ट्रिय गैर आवासीप नेपाली संघ, सम्मान – दोहा कतार (२०६९)
       
५०. श्याम श्रेष्ठ स्मृति मातृभूमि साहित्य पुरस्कार, हेटौंडा, (२०७०)

       ५१. बालकृष्ण सम पुरस्कार, त्रिमूर्ति निकेतन (२०७०)
       ५२. साहित्य परिवार सम्मान (२०७०)
        ५३. नेवाःखलः कास्की सम्मान (२०७१)
        ५४. उत्तम शान्ति पुरस्कार (२०७१)
        ५५. गण्डकी आवासीय उच्च मा.वि. स्वर्ण जयन्ती सम्मान (२०७२—७३)
       ५६. स्रष्टा— सम्मान, भ्याली न्यू इङ्गलिस स्कूल, मध्य बानेश्वर (२०७२)
       ५७. रत्न श्रेष्ठ स्मृति पुरस्कार, बाग्लुङ्ग
        ५८. राष्ट्रिय मुक्तक पुरस्कार, पोखरा
        ५९. एम्बेसेडर फर पिस सम्मान, युनिभर्सल पिस फेडेरेशन
        ६०. गोपाल प्रसाद रिमाल स्मृति सम्मान, साहित्य संगम, मकवानपुर (२०७५)
        ६१. नेपाली नाट्यशील्प नक्षत्र सम्मान (२०७५) नेपाली अन्तराष्ट्रिय नाट्य महोत्सव 
        ६२. राष्ट्रिय कलाश्री पुरस्कार (२०७५) नेपाली कला साहित्य डटकम प्रतिष्ठान
        ६३. तिलोत्तमा साहित्य कला संगीत सम्मान, रुपन्देही (२०७५)
        ६४. पद्मा—रामचन्द्र लघुकथा सम्मान, लघुकथा समाज (२०७६)